सोसेक नेपाल
नारायण नगरपालिका-१, दैलेख
मिति:२०८२/०४/०१
बिषय : सामाग्री खरीदका लागी शिलबन्दी दरभाउ पत्र (कोटेशन) आव्हान
एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपालको आर्थिक साझेदारी र स्थानीय साझेदार संस्था सोसेक नेपाल,दैलेखको सहजीकरणमा दुल्लु नगरपालिका अन्तर्गतको दुल्लु खानेपानी ब्यबस्थापन बोर्डको लागि खानेपानी योजना मर्मत सम्भारमा प्रयोग हुने निर्माण सामाग्रीहरु खरिद गर्नुपर्ने भएकोले दरभाउपत्रमा उल्लेख गरिएको शर्तहरु र सामाग्रीको गुणस्तर (स्पेसिफिकेशन) बमोजिमको सामाग्रीहरु सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका आपूर्तिकर्ता, फर्म वा कम्पनिवाट निम्न शर्तहरुको अधिनमा रही शिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ । विड डकुमेन्ट अन्तिममा राखिएकाेछ त्यसवाट डाउनलाेड गर्न सक्नु हुनेछ ।
दरभाउ पत्र सम्बन्धि शर्तहरु :
- दरभाउपत्रसाथ संलग्न गर्नुपर्ने आबश्यक कागजातहरु :
- आ.ब. २०८०/०८१ को कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
- भ्याट/प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि
- घरेलु/बाणिज्य दर्ताको प्रतिलिपि
- ढुवानी/आपूर्तिका शर्तहरु :
- खरिदकर्ताबाट खरिद आदेश भएको मितिले ५ दिन भित्र अनिबार्य रुपमा सम्पूर्ण सामाग्रीहरु दुल्लु खानेपानी ब्यबस्थापन बोर्डको कार्यालय को स्टोर रहेको स्थान दुल्लु नगरपालिका-७, दुल्लु सम्म सप्लाई गर्नु पर्ने छ | सामग्री ढुवानी गर्दा लाग्ने सम्पूर्ण लोड/अनलोड तथा अन्य खर्च सप्लायार स्वयंले नै ब्यहोर्नु पर्ने छ ।
- दरभाउपत्र नमेटिने मसीले लेखिएको र आधिकारिक व्यक्तिबाट हस्ताक्षर भएको हुनुपर्ने छ | दरभाउपत्रमा लेखिएका कुनै दर सच्याईएको, फेरबदल गरिएको, थपीएको भएमा सो स्थानमा माथि उल्लेखित अधिकारिक हस्ताक्षरीबाट हस्ताक्षर गरि छाप लगाईएको हुनुपर्नेछ अन्यथा दरभाउपत्र रद्ध गर्न सकिनेछ ।
- दरभाउ पत्र पेश गर्दा शिलबन्दी गरि सहि छाप गरेर पठाउनु पर्ने छ अन्यथा दरभाउपत्र मान्य हुनेछैन ।
- दरभाउपत्रमा इकाई मूल्य र परिमाणको गुणनफलमा फरक पर्न गएमा इकाई मूल्यलाई आधारमानी तुलनात्मक विवरण तयार गरिनेछ ।
- म्याद नाघी प्राप्त भएका दरभाउपत्रहरु मान्य हुने छैन र दरभाउपत्र रद्द गरिनेछ ।
- सामग्री उपलब्ध गराउदा सामग्रीको विवरणमा मा दिएको स्पेसिफिकेशन अनुसारको गुणस्तर नभएमा सामग्री बुझ्न सोसेक नेपाल बाध्य हुने छैन । उक्त सामाग्रीहरु सप्लायरले आफ्नै खर्चमा पुनः सप्लाई गर्नुपर्ने छ ।
- दरुभाउपत्रको मान्य अबधि १५ दिनसम्म हुनेछ । यस अविधमा संस्थालाइ माथि उल्लेखित परिणाममा थप सामग्रीहरु आबश्यक भएमा सोहि दरमा थप अर्डर गर्न सक्ने छ ।
- भुक्तानी:
- संलग्न विवरण बमोजिमको संम्पुर्ण सामग्रीहरु उल्लेखित शर्तहरु पालना गरि पूर्ण रुपमा उपलब्ध भैसकेपछि मात्रै एकाउन्ट पेयीचेकबाट भुक्तानी गरिनेछ । भुक्तानी गर्दा नेपाल सरकारको नियमानुसार कर योग्य रकममा अग्रिम आयकर कट्टी गरि भुक्तानी गरिनेछ ।
- दरभाउ पत्र पठाउने अन्तिम मिति र ठेगाना:
- दरभाउपत्र पठाउनुपर्ने अन्तिम मिति र समय: २०८२/०४/०७ गते १ बजेभित्र
- ठेगाना: सोसेक नेपाल केन्द्रीय कार्यालय, नारायण नगरपालिका-१ दैलेख (सम्पर्क न ९८५८०५०५८७, माया राना)
- सामान ढुवानी गर्ने स्थान:
दुल्लु खानेपानी ब्यबस्थापन बोर्डको कार्यालय, दुल्लु नगरपालिका ७ दैलेख
दरभाउपत्र पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार सोसेक नेपालमा निहित रहनेछ ।
सहयोगका लागि धन्यबाद ।
…………………………..
हिरासिंह थापा
कार्यकारी निर्देशक,
सोसेक नेपाल
SOSEC NepAL Hello_Dhara_Bid_Doc



