प्रथम पटक प्रकाशित सुचना मिति २०८२ साल अषाढ महिनाको १७ गते
सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका जनताको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजनारकार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले निम्नबमोजिमका विषयबस्तहरूलाई आधार मानी आफ्ना गतिविधिहरूलाई सञ्चालन गर्दै आएको छ स् ९क० असमानता विरुद्ध, ९ख० उत्थानशिल जिबिकोपार्जन, ९ग० सुरक्षा र जिबन रक्षा, ९घ० खानेपानी तथा पोषण, ९ङ० समावेशी र अनौपचारिक शिक्षा र ९च० बाल समृद्धि साथै महिला तथा बालबालिकाको संरक्षणरसुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ
यस संस्थाको खरिद समितिको मिति २०८२ साल अषाढ महिनाको १७ गतेको निर्णनुसार यस संस्थाका लागी तपशिलका सेवा तथा सामाग्री आवश्यक परेकाले ईच्छुक सप्लायर्सबाट १५ दिन भित्र संस्थामा आवश्यक कागजात र दरभाउ सहित संस्थाबाट उपलब्ध फाराम भरि पेश गर्नका लागी यो सुचना प्रशारण गरिएको छ ।
आवश्यक सामाग्री
१. स्टेशनरी सामाग्री (३) गाडि भाडा सेवा
२. होटल सेवा (४) खाद्य बस्तु
आवश्यक कागजात
१. फर्म दार्ता नविकरणको प्रतिलिपी
२. स्थायी लेखा नम्बरको प्रतिलिपी
३. करचुत्ता प्रमाण पत्रको प्रतिलिपी
दरभाउ पेश गर्दा पालना गर्नुपर्ने शर्तहरुः ः
१. खाममा पेश गर्नु पर्ने छ ।
२. तोकिएको समयमा उपलब्ध गराउन सक्ने सप्लायर्सलाई प्राथमिकता दिईने छ ।
३. खोल्ने समयमा सप्लायर्स आफै अथवा प्रतिनिधि उपस्थीत हुनु पर्नेछ । यदि उपस्थीत नभएमा पनि दरभाउ खोल्न वाधा हुने छैन ।
४. आवश्यक पर्ने कागजात नभएमा त्यसको कुनै पनि मूल्याकन गरिने छैन ।
५. केरमेटे, दरभाउको मुल्याकन गरिने छैन ।
६. अन्य यस संस्थाको खरिद नियमावलीनुसार हुने छ ।
७. दरभाउ पत्र पठाउने अन्तिम मिति र ठेगानाः
दरभाउ संस्थाको कार्यालय ना.न.पा १ दैलेख जिल्ला अदालत नजिक
दरभाउ पत्र पठाउनु पर्ने अन्तिम मिति र समयः २०८२ साल अषाढ ३१ गते ५ बजे सम्म पेश गरि सक्नु पर्ने छ मिति २०८२ अषाढ ३२ गते विहान ८ः ०० बजे खोलिने छ ।
८. दरभाउ पत्र पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार यस संस्थालाई निहित रहनेछ ।
खरिद समिति
सोसेक, नेपाल
पेश गरिने फर्महरु तलको लिंकमा गइडाउनलाेड गर्न सकिन्छ



