प्रथम पटक प्रकाशित सुचना मिति २०८२ साल असोज महिनाको २४ गते
सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका जनताको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले निम्नबमोजिमका विषयबस्तहरूलाई आधार मानी आफ्ना गतिविधिहरूलाई सञ्चालन गर्दै आएको छ स् (क)असमानता विरुद्ध (सामाजिक न्याय), (ख) उत्थानशिल जिबिकोपार्जन, (ग) सुरक्षा र जिबन रक्षा, (घ) खानेपानी तथा पोषण, (ङ) जिवन उपयोगी तथा समावेशी शिक्षा र (च) बाल समृद्धि साथै महिला तथा बालबालिकाको संरक्षण सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ
यस संस्थाको EWPN परीयोजनाको लागी तपशिलका सेवा तथा सामाग्री आवश्यक परेकाले ईच्छुक सप्लायर्सबाट ७ दिन (मिति २०८२ असोज २४ देखी ३० गते) भित्र संस्थामा आवश्यक कागजात र दरभाउ सहित संस्थाबाट उपलब्ध फाराम भरि पेश गर्नका लागी यो सुचना प्रशारण गरिएको छ ।
आवश्यक सामाग्री
- प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र देखि कर्णाली प्रदेशका दसै जिल्लाका स्वास्थ्य साखा सम्म स्वास्थ्य सामग्री ढुवानीका लागि ढुवानी सेवा
- सेफ ह़ाउसका लागि लो बेड
दरभाउ पेश गर्दा पालना गर्नुपर्ने शर्तहरुः
१. फर्म दार्ता नविकरणको प्रतिलिपी
२. स्थायी लेखा नम्बरको प्रतिलिपी
३. करचुत्ता प्रमाण पत्रको प्रतिलिपी
दरभाउ पेश गर्दा पालना गर्नुपर्ने शर्तहरुः
१. खाममा पेश गर्नु पर्ने छ ।
२. तोकिएको समयमा उपलब्ध गराउन सक्ने सप्लायर्सलाई प्राथमिकता दिईने छ ।
३. खोल्ने समयमा सप्लायर्स आफै अथवा प्रतिनिधि उपस्थीत हुनु पर्नेछ । यदि उपस्थीत नभएमा पनि दरभाउ खोल्न वाधा हुने छैन ।
४. आवश्यक पर्ने कागजात र नमुना सामग्री (कोटेशनमा उलेख भए बमोजिम) नभएमा त्यसको कुनैपनि मूल्याकन गरिने छैन ।
५. केरमेटे, दरभाउको मुल्याकन गरिने छैन ।
६. अन्य यस संस्थाको खरिद नियमावलीनुसार हुने छ ।
७. दरभाउ पत्र पठाउने अन्तिम मिति र ठेगानाः ( दरभाउ संस्थाको प्रदेश कार्यालय र केन्द्रीय कार्यालय दैलेख ( दरभाउ पत्र पठाउनु पर्ने अन्तिम मिति र समयः २०८२ साल असोज ३० गते ५ बजे सम्म पेश गरि सक्नु पर्ने छ मिति २०८२ असोज ३१ गते विहान ११:०० बजे खोलिने छ ।
८. दरभाउ पत्र पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार यस संस्थालाई निहित रहनेछ ।
सामाग्री ढुवानी कोटेसन यो लिंकवाट डाउनलोड गर्नु होला ।
खरिद समिति
सोसेक, नेपाल



