सोसेक नेपाल
सूचना ! सूचना !! सूचना !!!
सरसफाइ प्रवर्द्धक (Hygiene Promoter) आवश्यकता सम्बन्धी सूचना
(२०८२/०४/१४ गते प्रकाशित)
सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका जनताको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना/कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले निम्न बमोजिमका विषयबस्तहरूलाई आधार मानी आफ्ना गतिविधिहरूलाई सञ्चालन गर्दै आएको छ : (क) असमानता विरुद्धको वकालत (सामाजिक न्यय), (ख) उत्थानशिल जिबिकोपार्जन, (ग) सुरक्षा र जिबन रक्षा, (घ) खानेपानी स्वास्थ्य तथा पोषण, (ङ) जीवन उपयोगी र समावेशी शिक्षा (च) बाल समृद्धि का क्षेत्रमा काम गर्दै आएको छ । महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
सोसेक नेपाल, दैलेखले इस्लामिक रिलीफ नेपालको आर्थिक सहयोगमा संचालित खानेपानी सरसफाई तथा स्वच्छता पुनर्लाभ परियोजना (WASH Recovery Project) अन्तर्गत जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा परियोजनाको सरसफाई प्रवर्धनको लागि देहाएका तपशिल बमोजिमको करार पदमा आवेदनसाथ शैक्षिक प्रमाणपत्रको प्रतिलिपि , व्यक्तिगत विवरण (CV) र अनुभवसम्बन्धी प्रमाणपत्रहरू, सुचना प्रकाशित भएको मिति ले ७ दिन भित्र २०८२/०४/२० (5 August, 2025) नलगाड नगरपालिकाको फिल्ड कार्यालयमा इच्छुक उम्मेद्वारहरुबाट पेश गर्नुहुन अनुरोध गरिन्छ ।
पद: सरसफाइ प्रवर्द्धक (Hygiene Promoter)
संख्या: १५ जना
स्थान: नलगाड नगरपालिका, सोसेक फिल्ड कार्यालय, जाजरकोट
करार अवधि: ५ महिना (प्रति व्यक्तिले प्रति महिनामा ९-१० सेसन/ कक्षा सन्चालन गर्नुपर्ने छ)
रिपोर्ट गर्ने: Behavior Change and Communication Officer
पदको उद्देश्य:
भूकम्प प्रभावित बस्ती तथा विद्यालयहरूमा सुरक्षित सरसफाइ अभ्यास प्रवर्द्धन गर्दै समुदायको स्वास्थ्य स्तरमा सुधार ल्याउने उद्देश्यले व्यवहार परिवर्तन संचार तथा हाइजिन प्रमोशन सम्बन्धी गतिविधिहरू कार्यान्वयन गर्नु।
आवश्यक योग्यता र अनुभव:
- न्यूनतम उच्च माध्यमिक (१२ कक्षा उत्तीर्ण) वा सो सरह।
- स्वास्थ्य क्षेत्रमा आधारित (ANM, CMA वा FCHV) तालिम लिएका तथा हाइजिन प्रमोशन वा समुदाय परिचालनमा अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
- स्थानीय उम्मेदवारलाई मात्र प्राथमिकता दिइनेछ।
- महिलाहरूलाई विशेष प्रोत्साहन दिइनेछ।
मुख्य जिम्मेवारीहरू:
- समुदायमा व्यवहार परिवर्तन तथा सरसफाइ सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नु।
- लक्षित समुदायमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू लगायत सबैलाई समेट्ने सुनिश्चित गर्नु।
- तालिम, अभिमुखीकरण तथा वडास्तरीय अन्तरक्रियाहरू संचालन गर्नु।
- संस्थाका आचारसंहिता, लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण सिद्धान्त तथा मानवीय मूल्यहरूको पालना गर्नु।
आवेदन दिने तरिका:
इच्छुक उम्मेदवारहरूले निवेदनसाथ आफ्नो शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत विवरण (CV) र अनुभवसम्बन्धी प्रमाणपत्रहरू संलग्न गरी सोसेक नेपालको फिल्ड कार्यालय, दल्लीमा पेश गर्नुहोला।
दरखास्त दिने अन्तिम म्याद: प्रकाशित मितिले ७ दिनभित्र (२०८२/०४/२० गतेसम्म)
थप जानकारीको लागि:
वेबसाइट: www.sosec.org.np
फोन: ९८५८०४४१८७ नलगाड अफिस
सोसेक नेपालवाट गरिने सहयोग वा कार्यमा कुनै सिकायत वा गुनासो र सल्लाह सुझाव भएमा निशुल्क टोल फ्रि नम्वर १६६०८९४२००१ नमस्ते प्रयोग कर्ता र ९८०१५७४८८८ एनसेल प्रयोगकर्ताले जिज्ञासा गुनासो वा सल्लाह सुझाव दिनु हुन अनुरोध छ ।
नोट: बाल संरक्षण र सुरक्षित वातावरण सुनिश्चित गर्नु हाम्रो प्राथमिकता हो। त्यसैले छनौट प्रक्रियामा बाल संरक्षण सम्बन्धी मूल्याङ्कन गरिनेछ।


