प्रथम पटक प्रकाशित सुचना मिति २०८० साल पौष महिनाको २२ गते
सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै विभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा कार्णाली प्रदेशका दैलेख, कालिकोट, सुर्खेत, जुम्ला, जाजरकोट, रुकुम पश्चिम र सुदुरपश्चिम प्रदेशका अछाम जिल्लामा महिला, बालबालिका, लोपोन्मुख राउटे तथा पछाडी परिएका समुदायका लागी एकिकृत विकासको अवधारणमा काम गर्दै आएको संस्था हो । सस्थाले महिला तथा बालबालिकाको संरक्षण र सुरक्षा र भ्रष्टचार विरुद्ध शून्य सहनशिलताको नितिलाई अवलम्बन गर्दै आईरहेकोछ ।
यस संस्थाको निर्णयानुसार यस संस्थाका लागि दैलेख बजारमा २० वटा कोठा भएको घर भाडामा आवश्यक परेकाले ईच्छुक घरधनिहरुले १५ दिन भित्र संस्थामा आवश्यक कागजात र दरभाउ सहित निवेदन पेश गर्नका लागी यो सुचना प्रशारण गरिएकोछ ।
आवश्यक कागजात
- लालपुर्जाको प्रमाण पत्रको प्रतिलिपी र नक्शापास प्रमाण पत्रको प्रतिलिपी
- कर तिरेको प्रमाण पत्रको प्रतिलिपी र नागरिताको प्रमाण पत्रको प्रतिलिपी
दरभाउ पेश गर्दा पालाना गर्नुपर्ने शर्तहरुः
- खाममा पेश गर्नु पर्ने छ ।
- बत्ति, पानी,पार्किङ्ग, शौचालय, गार्डेन सुविधा भएको हुनुपर्ने छ र १ वटा हल सहित १५ वटा कोठा कम्तिमा १०÷१२ फिट भएको सम्मका भएका हुनु पर्नेछ ।
- खोल्ने समयमा घरधनि अथवा प्रतिनिधि उपस्थीत हुनु पर्नेछ । यदि उपस्थीत नभएमा पनि दरभाउ खोल्न वाधा हुने छैन ।
- आवश्यक पर्ने कागजात नभएमा त्यसको कुनै पनि मूल्याकन गरिने छैन ।
- केरमेटे, दरभाउको मुल्याकन गरिने छैन ।
- अन्य यस संस्थाको खरिद नियमावलीनुसार हुने छ ।
- दरभाउ पत्र पठाउने अन्तिम मिति र ठेगानाः दरभाउ संस्थाको कार्यालय ना.न.पा १ दैलेख जिल्ला अदालत नजिक
- दरभाउ पत्र पठाउनु पर्ने अन्तिम मिति र समयः २०८० साल माघ ७ गते कार्यालय समयमा दरभाउ मिनि २०८० माघ ८ गते विहान ८ बजे खोलिने छ ।
- दरभाउ पत्र पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार यस संस्थालाई निहित रहनेछ ।
थप जानकारीको लागि
सोसेक, नेपाल दैलेख ०८९४१००९६।०८९४१०१८७


