नतिजा प्रकासन मिति २०७९ पाैष ११ गते
नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
सेभ द चिल्ड्रेनसगको साझेदारीमा यस संस्थाद्धारा संचालन भएकाे सहयात्रा परियोजना दाेश्नाो अन्तरगत रिक्त प्रशासन तथा लेखा संयोजक पदको लागि मिति २०७९ साल मंसिर १५ गते देखि ७ दिनको म्याद राखी खुला विज्ञापन प्रकाशन गरिए अनुसार तोकिएको समय अवधिसम्ममा पर्न आएको दरखास्त अनुसार छोटो सूचिमा पर्न आएका आवेदकहरुको, २०७९ पाैष ३ गते लिएकाे लिखित तथा मिति २०७९ पाैष १० गते लिएकाे अन्तर्वार्ता परिक्षाका आधारमा अन्तिम नतिजा प्रकाशन गरिएकोले यो सूचना प्रकाशन गरिएकोछ ।
तपसिल,
| सि न | नाम थर | लिंग | ठेगाना | नतिजा |
| १ | सावित्रा योगी | महिला | विरेन्द्र नपा १ सुर्खेत | सफल |
| २ | सावित्री पाण्डे | महिला | भैरवी २ दैलेख | वैकल्पिक |
नोटः सफल आवेदकहरुले यो सूचना प्रकाशित भएको ७ दिन भित्र आफ्नो सक्कल कागजात सहित संस्थाको कार्यालयमा नियुक्तीका लागि सम्पर्क गर्नुहुन जानकारी गराईन्छ ।
संयोजक
पदपूर्ति समिति
साेसेक नेपाल



