सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
हेल्भेटास नेपालको सहयोगमा सञ्चालित एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम अन्तर्गत रिक्त प्राविधिक निरिक्षक पदहको लागि दोस्रो पटक मिति २०७८ साल पौष २ गते देखि ५ दिनको म्याद खुला विज्ञापन प्रकाशन गरिए अनुसार तोकिएको समय अवधिसम्ममा पर्न आएको दरखास्त अनुसार छोटो सूचिमा पर्नआएका आवेदकहरुको, पौष १३ गते अनलाईन माध्यमबाट लिइएको लिखित तथा अन्तर्वार्ता परिक्षाका आधारमा अन्तिम नतिजा तलकाे लिंक अनुसार प्रकाशन गरिएको छ ।
सफल उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आफ्ना सक्कल कागजात सहित संस्थाको केन्द्रीय कार्यालयमा सम्पर्क गनुहुन जानकारी गराईन्छ ।


