सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा कर्णाली प्रदेशको दैलेख, कालिकोट, सुर्खेत तथा सुदुरपश्चिम प्रदेशको अछाम जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोग र यस संस्थाको सहजिकरणमा सञ्चालित एकीकृत जलश्रोत व्यवस्थापन परियोजनाको लागि प्राविधिक निरीक्षक कर्मचारी आवश्यक भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित मितिले ७ दिन भित्र दरखास्त दिुनुहुन यो सूचना प्रकाशन गरिएको छ ।
डिटेल तलकाे लिंकवाट हेर्न सकिन्छ ।
दरखास्त पेश गर्ने अन्तिम मितिः ६ डिसेम्बर, २०२१ (दिउसो ५:०० बजेसम्म) । यदि उक्त दिन विदा परेमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र इमेल hrc@sosec.org.np वा संस्थाको केन्द्रीय कार्यालय, दैलेख बजारमा पेश गर्न सकिने छ ।



