संघर्षशिल एकल महिलाको जिवन कथा संघर्षले वाच्न सिकायो

निर्मल अधिकारी
दैलेख, साविकको वेलपाटा गाविसकी लक्ष्मी वि.क.को श्रीमान गुलाफ वि.क.को अकालमै मृत्यु भएपछि उनलाई विहान वेलुका हातमुख जोर्न समेत मुश्किल भयो । भनिन्छ श्रीमान श्रीमति एक रथका दुई पाँग्रा हुन । एउटा पाँग्रा नभए रथ गुड्ना सक्दैन् । श्रीमान रुपी पाँग्रा गुमाए पछि लक्ष्मीले दैनिक घर व्यवहार चलाउन धेरै संघर्ष गरिन् ।

संघर्षशिल एकल महिला लक्ष्मि विक
संघर्षशिल एकल महिला लक्ष्मि विक

समाजमा एकल महिलाले भोग्नुपर्ने सबै कष्टहरु लक्ष्मीले भोगिन् । एकातिर आर्थिक स्थितीको अभाव अर्काेतिर सामाजिक प्रहार । रहर लाग्दो जवानीमै श्रीमान गुमाएकी लक्ष्मी भन्छिन् समाजमा एकल महिला भएर बाँच्नु भन्दा त मर्नुनै बेस रहेछ । तर, जतिसुकै कष्ट भए पनि सहनै पर्ने बाध्यता भएको लक्ष्मीले दुःख पोखिन् ।
कमाउने श्रीमान नभए पछि लक्ष्मीलाई घरमा बस्न समस्या भयो । सुःख दुःखमा साथ दिने कोही भएन् । थोरै भएको पाखो जग्गा पनि बाझै छोड्नु पर्ने बाध्यता भयो । त्यस पछि उनी नारायण नगरपालिका ९ स्थित बाँझथला माइती घर तिर लागिन् । सडकको छेउमा खुद्रा पसल गरेर जीवन गुजारा गर्ने सोच बनाएकी लक्ष्मीलाई सधै पैसाको अभाव भईरह्यो ।
नारायण नगरपालिका वडा नं ९ को विपन्न वस्तिमा गरिवी निवारण कोषको साझेदारीमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले बनाएको सामुदायीक संस्थामा लक्ष्मी जोडिन् पुगिन । एकल महिला र विपन्न पनि भएका कारण उनलाई पहिलो किस्तामै ३० हजार ऋण उपलब्ध गराईयो । सामुदायीक संस्थाले सस्तोमा ऋण उपलब्ध गराए पछि सडकको छेउमा खुद्रा पसल गरि जीवन गुजारा गर्ने सोच पुरा भएको लक्ष्मी बताउछिन् ।
उनी भन्छिन् अहिले पसल बाट राम्रै आम्दानी भएको छ । मासिक ८÷१० हजार कमाउने गरेकी छु । सानो तिनो गर्जाे टार्न कसैबाट ऋण काढ्नु पर्दैन् । पसलबाट कमाएको पैसा कक्षा सात मा पढ्ने छोरीलाई खर्च गर्छिन् । दैनिक घर व्यवहारमा आवश्यक पर्ने खर्च पनि त्यहि पसलबाटै चलाएकी छ्नि । सामुदायीक संस्थाको ऋण समयमै फिर्ता गर्ने सोच बनाएकी लक्ष्मीे भन्छिन् मैले फिर्ता गरेको ऋणले म जस्तै अर्काे पिडित दिदिवहिनीलाई सहयोग पुगोस ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका सामाजिक परिचालक अविलाल जैसी
सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका सामाजिक परिचालक अविलाल जैसी

संघर्ष बाटै बाच्न सिकेकी लक्ष्मीका दिनहरु विस्तारै उज्यालो हुदैछन् । उनी भन्छिन् श्रीमान वितेको ८ वर्ष भयो । हिजो मैले जति दुःख भोगे अब ति दुःख कहिल्यै भोग्न नपरोस । हिजो जवानी थियो त अर्काे घरवारको सोच बनाइएन् । अव जे छ यही छोरी र खुद्रा पसल भएको उनले बताईन् । सामुदायीक संस्थाले गरेको सानो सहयोग बाट विपन्नको जिवनस्तरमा सुधार आउदा आफुलाई खुसी लागेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका सामाजिक परिचालक अविलाल जैसीले बताउछन् । उनी भन्छन् संस्थाबाट लिएको ऋण सहि ठाउमा लगानी गर्ने हो भनी समाज र घरपरिवार सुधार्न धेरै समय कुर्नु पर्दैन् ।

Next Post

वालवालिका जागे पछि लागे बाल विवाह विरुद्ध सडक नाटकमा

१६ चैत्र २०७३, बुधबार ००:५१
एच.एस. थापा दैलेख–वाल विवाह न्यूनिकरणका लागि जनचेतना जगाउने उद्धेश्यले जिल्लाको ग्रामिण क्षेत्रमा बाल विवाह विरुद्धको सडक नाटक सम्पन्न भएका छन् । उक्त सडक नाटक सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आर्थिक सहयोगमा साविकको राकमकर्णाली गाविसमा रहेको बाल क्लवले प्रदर्शन गरेको थियो । सानै उमेरमा विहे गरेपछि बच्चा छिटै जन्माएर हुर्काउन सकिन्छ […]

Download & Publications